ट्रेन्डिङ

वीरगन्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

वीरगन्ज । पर्सामा वीरगन्ज महानगरपालिकापछि अब पोखरिया उपमहानगरपालिकामा पनि हैजाको संक्रमण पुष्टि भएको छ।

अस्पतालका अनुसार मंगलबार झाडापखाला लागेर उपचारका लागि आएका तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा एक बालक र दुई जना पुरुष छन्।

संक्रमितमध्ये एक जनालाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ। अस्पतालले दिएको जानकारीअनुसार, हैजा पुष्टि भएका तीनै जना वीरगन्जका बासिन्दा हुन् र केही दिनअघि मात्रै उनीहरू पोखरिया आएका थिए। पोखरिया अस्पतालमा दैनिक सात जनाभन्दा बढी झाडापखालाका बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

यसैबीच, वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप बढ्दै गएको छ। महानगरमा हैजा संक्रमितको संख्या १ सय १५ पुगेको छ। मंगलबार साँझदेखि बुधबार बिहानसम्म थप १ जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या बढेको हो। वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार, हालसम्म झाडापखाला र हैजाका २ सय २७ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

पछिल्लो समय वीरगन्जका विभिन्न अस्पतालमा ४ सय ९३ जना झाडापखालाका बिरामी भर्ना भएका छन्। जसमध्ये ३८ जना आईसीयूमा र ३ जना एचडीसीयूमा उपचाररत छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै