ट्रेन्डिङ

गजेन्द्र नारायण सिंह अस्पतालमा बेथिति : सरुवा आदेशको धज्जी उडाउँदै दुई कर्मचारी, ५ महिनादेखि रमाना बुझ्न आनाकानी

जनकपुर । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएको पाँच महिना पुग्न लाग्दा पनि दुइ कर्मचारीले रमाना नबुझेको पाइएको छ ।

स्टोर शाखा र प्रशासन शाखामा कार्यरत दुइ कर्मचारी आफ्नो सरुवा भइसक्दा पनि रमाना नबुझोको तथ्य फेला परेको छ । स्वास्थ्य र संघीय प्रशासन मन्त्रालय छुट्टाछुट्टै मितिमा गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत दुइ कर्मचारीको सरुवा गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८१ सालको २५ चैतमा नायब सुब्बा नारायण यादव र संघीय मामिला मन्त्रालयले यही बैशाख २४ गते नायब सुब्बा रामबाबु यादवको सरुवा गरेको थियो ।

सरुवा गरेको पाँच महिना भइसक्दा पनि स्टोर शाखा प्रशासन शाखामा कार्यरत यी दुइ कर्मचारीले कांग्रेस र माओवादीको राजनीतिक ‘कनेक्सन’का कारण सरुवाको रमाना पत्र नबुझेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सरुवा भएका दुबै कर्मचारी अहिले गजेन्द्र नारायण सिंह अस्पतालमै कार्यरत रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) प्रकाश प्रसाद साहका अनुसार यी दुबै कर्मचारी अहिले अस्पतालबाट रमाना बुझेका छैनन ।

उनले भने, ‘ सरुवा भएका दुबैजना बाहिर गएका थिए, अब अस्पताल आएका छन् । रमाना दिने काम गरिन्छ ।’ यसरी सरुवा भएका कर्मचारीहरु सम्बन्धित ठाउँमा नपुगेपछि यही जेठको २८ गते स्वास्थ्य मन्त्रालय काज फिर्ता गर्ने तथा रमाना दिने उर्दी जारी गरेको थियो ।

तर त्यसको बाबजुद पनि गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत यी दुइ कर्मचारीले हाइलेभलको राजनीतिक कनेक्सनका कारण सरुवाको पत्रलाई बेवास्ता गर्दै आइरहेको पाइएको छ ।

स्रोतका अनुसार नारयण यादव माओवादी र रामबाबु यादव कांग्रेस समर्थित कर्मचारी हुन । यी दुबै पार्टीका कनेक्सनकै कारण सरुवा भइसक्दा पनि दुबैजनाले रमाना बुझन नमानेको जनाइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै