ट्रेन्डिङ

राज्य व्यवस्था समितिको सभापति चयनका लागि तालिका सार्वजनिक

फाइल तस्बिर

वीरगन्ज । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ।

जसअनुसार भोलि मंगलबार मनोनयन दर्ता र पर्सि बुधबार निर्वाचन हुने भएको छ।

समितिका सचिव कान्छा दुलालले दिएको जानकारीअनुसार, मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ र सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। त्यसैगरी, बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमा सभापतिको निर्वाचन हुनेछ।

सत्तापक्षले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्। २७ सदस्यीय यस समितिमा कांग्रेसका ९ र नेकपा एमालेका ६ जना गरी यी दुई दलको मात्रै १५ जना सांसद छन्, जुन सभापति चयनका लागि बहुमत हो।

यसका अतिरिक्त, समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूको संख्या जोड्दा सत्तापक्षको कुल संख्या १८ पुग्छ। यसरी सत्तापक्षको बहुमत स्पष्ट देखिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै