वीरगन्ज । आफ्नो पेशा व्यवसाय गर्न पाउनुपर्ने अधिकारको ग्यारेन्टीसँगै विभिन्न माग राखेर कवाड व्यवसायीहरू आज काठमाडौँ महानगरपालिकाविरुद्ध पुनः आन्दोलनमा उत्रिएका छन्। उनीहरूले महानगरको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्।
कवाड व्यवसायीहरूले महानगर प्रहरीबाट कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउनेजस्ता कार्य भइरहेको आरोप लगाएका छन्। उनीहरूले यी कार्य तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न प्रहरीलाई कारबाही गरिनुपर्ने र क्षतिपूर्ति पनि दिनुपर्ने माग राखेका छन्।
कवाड व्यवसायी समाजको आह्वानमा उनीहरू पाँच बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन्। पत्रकार सम्मेलनमा व्यवसायी ओमप्रकाश सिंहले महानगरविरुद्ध ‘निर्णायक आन्दोलन’ गर्ने चेतावनी दिएका छन्। उनीहरूले मेयर बालेन्द्र साह (बालेन)ले आफूहरूलाई काम गर्न नदिएको भन्दै गुनासो गरेका छन्।