ट्रेन्डिङ

स्वास्थ्यमन्त्री प्रदीप पौडेल हैजाको अवस्था बुझ्न वीरगन्ज आउँदै

फाइल तस्बिर

वीरगन्ज । वीरगन्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि त्यसको स्थलगत अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो २ बजे वीरगन्ज आउने भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, मन्त्री पौडेलले हैजाका बिरामीहरूको उपचार भइरहेको नारायणी अस्पतालको अनुगमन गर्नेछन्। यस क्रममा उनी उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था र अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवाको पनि जानकारी लिनेछन्।

मन्त्री पौडेलले हैजा नियन्त्रण र रोकथामका लागि भइरहेका प्रयासहरूबारे वीरगन्ज महानगरपालिकाका मेयर लगायत अन्य सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ।

हालसम्म, वीरगन्जमा ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, वीरगन्जका विभिन्न अस्पतालमा झाडापखालाका १६१ जना बिरामीमध्ये ७१ जनामा हैजा संक्रमण पाइएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै