वीरगन्जमा हैजाको जोखिम : प्रसौनी गाउँपालिकाद्वारा उच्च सावधानी अपनाउन आग्रह

वीरगन्ज । छिमेकी वीरगन्ज महानगरपालिकासहित पर्सा जिल्लामा हैजाको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यसको जोखिमबाट बच्न प्रसौनी गाउँपालिकाले आफ्ना बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै वीरगन्जसँग सिमाना जोडिएको यस क्षेत्रमा पनि हैजा फैलिन सक्ने जोखिम बढेको जनाएको छ।

गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालद्वारा जारी गरिएको उक्त सूचनामा, गाउँवासी र बजार क्षेत्रका व्यापारीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। यस अनुसार, चटपटे, पानीपुरी, चाट र माछाजस्ता सडक पेटीमा बिक्री हुने खाद्य पदार्थको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी, होटेल तथा रेस्टुरेन्टहरूलाई खाद्य पदार्थ सफा र सुरक्षित तरिकाले भण्डारण गरी बिक्री गर्नुपर्नेछ। खुला ठाउँमा दिसा–पिसाब गर्न पूर्ण रूपमा निषेध गरिएको छ र सबैलाई शौचालयको मात्र प्रयोग गर्न आग्रह गरिएको छ। साथै, खाना खानुअघि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्नेछ।

गाउँपालिकाले सफा र उमालेको पानी तथा स्वच्छ खाना मात्र प्रयोग गर्नुपर्नेमा जोड दिँदै सडेगलेका र बासी खानेकुरा खान नहुने बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै