ट्रेन्डिङ

एक वर्षमा नेपाल भित्रियो १७ खर्ब रेमिट्यान्स

वीरगन्ज । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने विप्रेषण (रेमिट्यान्स)ले आर्थिक वर्ष २०८१–८२ मा नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो, जसले वैदेशिक रोजगारीमा रहेका नेपालीको मेहनत र देशको अर्थतन्त्रमा उनीहरूको योगदानलाई स्पष्ट पार्छ।

नेपाल राष्ट्र बैंकका अनुसार, आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा निकै ठूलो वृद्धि हो। अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२.६४ अर्ब डलर पुगेको छ।

यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ पुगेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै