ट्रेन्डिङ

सुटकेशमा भेटिएको महिलाको शवको पहिचान

रौतहट । गौर नगरपालिकामा एक महिलाको हत्या गरी सुटकेशमा फ्याँकिएको अवस्थामा शव फेला परेको छ।

शनिबार राति मुडवालवा मोडमा फेला परेको शवको पहिचान भएको छ। मृतक ३५ वर्षीया रुबिकुमारी साह भएको प्रहरीले पुष्टि गरेको छ।

रुबिकुमारी साह रौतहटको माधवनारायण नगरपालिका–६ की स्थायी बासिन्दा हुन् र भारतको मुजफ्फरपुरमा विवाह गरेकी थिइन्। उनी आफ्नो बच्चालाई पढाउनका लागि गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। दुई दिनदेखि सम्पर्कविहीन भएपछि उनकी आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्।

प्रहरीका अनुसार, रुबिकुमारीको शव शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशभित्र फेला परेको थियो। प्रहरी नायव उपरीक्षक राजू कार्कीले घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका पति भारतमै बस्ने बुझिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै