ट्रेन्डिङ

‘प्रचण्ड प्रधानमन्त्री हुँदा देश संकटमा, ओलीले उकासे : शंकर पोखरेल

वीरगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मात्रै सम्भव भएको दाबी गरेका छन्।

शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा देश आर्थिक संकटमा फसेको तर ओली सरकारले त्यो अवस्था सुधारेको बताए।

पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदा देशमा आर्थिक मन्दी, राजस्वमा गिरावट र निर्माण व्यवसायीको भुक्तानीमा ढिलाइ जस्ता समस्याले विकराल रूप लिएको आरोप लगाए। उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षक र कर्मचारीले समेत समयमा तलब पाउन सकेनन्, तर अहिले त्यो अवस्था छैन। राजस्व बढेको छ र सरकारको खर्च गर्ने क्षमता पनि बढेको छ।’

उनले कांग्रेस र एमालेको नीतिका कारण निजी क्षेत्रमा उत्साह बढेको र यसले देशमा लगानीको वातावरण निर्माण गरेको समेत जिकिर गरे। पोखरेलको भनाइमा, ओली नेतृत्वको सरकारले मात्रै देशलाई सही दिशामा अगाडि बढाउन सक्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै