ट्रेन्डिङ

भारत र चीनको सहमतिविरुद्ध काठमाडौँमा प्रदर्शन, ८ जना पक्राउ

वीरगन्ज । नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने भारत र चीनको सहमतिविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ।

बिहीबार माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको अगुवाइमा भएको प्रदर्शनका क्रममा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर आफ्नो आक्रोश पोखेका छन्।

युवाहरूले लिपुलेक नेपाली भूमि भएको र दुई ठूला छिमेकी राष्ट्रले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको आरोप लगाए। प्रदर्शनकारीहरूले सरकारलाई यो विषयमा ठोस कूटनीतिक पहल गर्न आग्रह गर्दै विभिन्न नारा लगाएका थिए।

प्रदर्शनका क्रममा पुत्ला जलाउने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। महानगरीय प्रहरी परिसर, काठमाडौँका अनुसार, अशान्ति सिर्जना गर्न खोजेको भन्दै प्रदर्शनमा संलग्न ८ जना युवालाई नियन्त्रणमा लिइएको छ।

नेपालले आफ्नो नयाँ नक्सामा लिपुलेकलाई समावेश गरी आफ्नो दाबी स्पष्ट पारिसकेको अवस्थामा पनि भारत र चीनले यसलाई द्विपक्षीय व्यापारिक नाका बनाउने सहमति गरेपछि विरोध सुरु भएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै