ट्रेन्डिङ

३ दलको फरक मतसहित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

फाइल तस्बिर

वीरगन्ज । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक बहुमतले पारित गरेको छ।

समितिले बिहीबार बसेको बैठकबाट यो विधेयकलाई टुङ्गो लगाएको हो। यद्यपि, विधेयकमाथि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्।

विधेयकमा माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्र राय यादवले फरक मत राखेका छन्। यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद बिना जैसवालले पनि विधेयकमा फरक धारणा प्रस्तुत गरेका छन्।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, करिब नौ महिनाअघि (२०८१ मंसिर) मा समितिमा आएको यो विधेयकमा लामो छलफलपछि सहमति जुटेको हो।

विवादित विषयमध्ये एक रहेको आवासीय विद्यालयमा छात्रवृत्तिको मुद्दालाई पनि विधेयकले टुङ्गो लगाएको छ। सुरुमा सरकारले २.५ प्रतिशत छात्रवृत्ति प्रस्ताव गरेकोमा छलफलपछि ३ प्रतिशतमा सहमति जुटेको छ।

अब यो विधेयक अनुमोदनका लागि आगामी प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै