ट्रेन्डिङ

पूर्वराष्ट्रपति भण्डारीद्वारा सुशासनमा प्रश्न, संसदलाई ‘निरीह’ को संज्ञा

वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजनीतिक दलहरूले सुशासन कायम गर्न नसकेको आरोप लगाएकी छन्।

उनले संसदलाई ‘निरीह थलो’ को संज्ञा दिँदै जननिर्वाचित प्रतिनिधिमाथि आरोप लाग्नेबित्तिकै निलम्बन गर्ने व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएकी छन्।

मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले भनिन्, ‘संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन्, तर संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भन्नेमा कुनै स्पष्टता छैन।’ उनले संविधानमा के सुधार गर्दा देशको समस्या समाधान हुन्छ भन्ने विषयमा दलहरू गम्भीर नभएको आरोप लगाइन्।

पूर्वराष्ट्रपति भण्डारीले विशेष गरी रवि लामिछाने र माधवकुमार नेपाल लगायतका नेताहरूलाई संकेत गर्दै आरोप लाग्नेबित्तिकै संसद् सदस्य निलम्बनमा पर्ने व्यवस्था लोकतान्त्रिक नभएको बताइन्। ‘आरोप लागेर पुष्टि नभएको व्यक्तिले बोल्न पाउँदैन, निलम्बित भइहाल्छ। निर्वाचित भएर आएका जनप्रतिनिधिले आदर्शअनुसार काम गर्नुपर्छ, तर आरोप लाग्यो भन्दैमा निलम्बनमा परिहाल्ने व्यवस्था कति लोकतान्त्रिक हो ?’ उनले प्रश्न गरिन्।

उनले सरकार गठनको समयमा संविधान संशोधनको कुरा उठाइएपनि अहिलेसम्म यस विषयमा कुनै छलफल नभएकोमा पनि असन्तुष्टि व्यक्त गरिन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै