ट्रेन्डिङ

रवि लामिछानेको समर्थनमा ३४ लाख हस्ताक्षर, ६५ लाख रुपैयाँ सहयोग

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोध’ को विरोधमा हस्ताक्षर संकलन अभियान चलाएको छ।

पार्टीका अनुसार यस अभियानमा हालसम्म ३४ लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन् भने ६५ लाख रुपैयाँ आर्थिक सहयोग पनि संकलन भएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार यो अभियान देशभर चलिरहेको छ। सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरुवात भइसकेको छ, जसको नेतृत्व पार्टीका सचिवालय सदस्य दीपक बोहराले गरिरहेका छन्।

रास्वपाले असार ७ गतेदेखि सुरु गरेको यो अभियान लामिछानेविरुद्धका गतिविधि रोक्न दबाब दिन लक्षित रहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै