ट्रेन्डिङ

प्रधानमन्त्री कहाँ म भएको हुँ, जनताले भोट हालेर बनाएका हुन् : देउवा

वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा अहिलेसम्म कुनै पनि चुनाव नहारेको दाबी गरेका छन्।

स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै देउवाले जनताको सौभाग्यले आफूलाई निरन्तर जिताउँदै आएको बताएका छन्।

देउवाले आफू कति पटक प्रधानमन्त्री भइरहने भन्ने प्रश्नमा जनताले भोट हालेर र पार्टीका सांसदहरूले सहयोग गरेर प्रधानमन्त्री बनेको स्पष्ट पारेका छन्। उनले भने, ‘म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो।’ आफूलाई एक सौभाग्यशाली व्यक्ति भएको समेत उनले बताए।

कार्यक्रममा देउवाले धेरै नेताहरू आफ्नो विपक्षमा लागे पनि आफू निरन्तर चुनाव जितिरहेको उल्लेख गरे। उनले जनता नै देशका मालिक भएकाले सबैलाई जनताको सेवामा लाग्न आग्रह गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै