काठमाण्डौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।
बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।
छलफलपछि समितिले बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो ।
राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।
त्यस्तै बैठकले विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पु¥याउन पनि सरकारलाई निर्देशन दिएको छ ।