ट्रेन्डिङ

लोकतन्त्रमा संख्या मात्रै निर्णायक हुँदैन : महामन्त्री थापा

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा निर्णयहरू संख्याको आधारमा गरिए पनि त्यसको वैधानिकता र स्वीकार्यता दुवै महत्त्वपूर्ण हुने बताएका छन्।

बुधबार नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

महामन्त्री थापाले आफ्नो दलसँग संख्याको बलमा कुनै पनि निर्णय गर्न सकिए पनि त्यसलाई आम नागरिकले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि महत्त्वपूर्ण हुनेमा जोड दिए। ‘हामीसँग संख्या छ भन्दैमा जस्तो निर्णय पनि गर्न पाइँदैन,’ उनले भने।

पार्टीभित्र वा संसदमा बहुमतको आधारमा हुने हरेक निर्णय वैधानिक हुने भए पनि त्यो समाजमा वैध हुन पनि आवश्यक रहेको उनको भनाइ थियो। लोकतन्त्रलाई दिगो बनाउन कानुनी मात्रै नभई नैतिक समर्थन पनि आवश्यक पर्ने उनले बताए।

महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले पार्टीभित्र आत्मविश्वास र शुद्धताको आवश्यकता महसुस गर्नुपर्ने बताएका छन्। उनले नेपाली समाजमा व्याप्त चरम असन्तुष्टिलाई बुझेर त्यसलाई सम्बोधन गर्नु कांग्रेसको जिम्मेवारी भएको उल्लेख गरे।

उनले नेपाली कांग्रेस नेपालको राष्ट्रिय शक्ति रहेको कुरा बिर्सन नहुने बताए। चुनाव जितेर मात्रै कुनै पार्टी राष्ट्रिय पार्टी नहुने बताउँदै उनले नेपाली कांग्रेस चुनाव नलडेको बेलामा पनि राष्ट्रिय पार्टी रहेको स्मरण गरे। राष्ट्रका अगाडि आएका चुनौतीहरूलाई बुझेर, पर्गेलेर र त्यसको समाधान गर्ने तागत राख्ने पार्टी नै वास्तविक रूपमा राष्ट्रिय पार्टी भएको महामन्त्री थापाको धारणा थियो।

उनले राष्ट्रका ठूला चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने क्षमता कांग्रेससँग रहेको र यसका लागि पार्टीलाई थप आत्मविश्वास र शुद्धताको खाँचो रहेको बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै