ट्रेन्डिङ

आज रातभरि बर्दघाट–खाउन्ने सडकखण्ड पूर्ण रुपमा बन्द

चितवन । बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार (आज) रातभरि नै बन्द गरिने भएको छ । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गतको सो सडक आज रात भरि नै पूर्ण रूपमा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ ।

बर्दघाट नगरपालिका(४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ ।

साथै करिब ४ सय मिटर सडक भास्सिएको छ । सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ ।

सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबा बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो ।

सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ ।

बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै