वीरगन्ज । वीरगन्जका पूर्वमेयर प्रदीप सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
लामो समय राप्रपा नेपालमा सक्रिय रहेर पछि निष्क्रिय रहेका सुवेदीलाई राप्रपाका सांसद दीपक बहादुर सिंहले पार्टीको सदस्यता प्रदान गर्दै राप्रपामा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि सुवेदीले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले देशभक्त राष्ट्रवादीहरू एकजुट हुनुपर्ने आवश्यकता महसुस गरेर आफू राप्रपामा समाहित भएको बताए ।
पर्सामा आयोजित राप्रपाको विस्तारित बैठकले जिल्लाभर पार्टी संगठन विस्तार गर्ने, निष्क्रिय रहेका समितिहरूलाई सक्रिय बनाउने र समयमै अधिवेशन गर्ने निर्णय पनि गरेको छ।