वीरगन्ज । चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मनहरी गाँउपालिका वडा नम्बर ६ दैलीडाँडा बस्ने ४२ वर्षका बिशाल ब्लोन छन् । उनी सोही वडाको हाङलाङस्थित पाल बहादुर घलानको घरमा किरियाको कामकाज सघाउन गएका थिए । सोही क्रममा अचानक चट्याङ लाग्दा मंगलबार घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
दुर्घटनामा हाङलाङ बस्ने १२ वर्षकी बर्षा घलान, १२ वर्षकै सुजन घलान, वर्ष १६ का सन्तोष घलान, वर्ष ३८ की शान्ति तितुङ, ३४ वर्षका प्रेम बहादुर घलान, ३७ वर्षका राजकुमार घलान र चितवन राप्ति नगरपालिका-११ बस्ने ४७ वर्षका पान बहादुर मोक्तान घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि मनहरी अस्पताल पठाइएको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो।