ट्रेन्डिङ

गौर नरसंहारको अनुसन्धानमा सहयोग गर्छु : उपेन्द्र यादव

वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले १८ वर्षअघि भएको गौर नरसंहारको पुनः अनुसन्धानमा आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्।

सर्वोच्च अदालतले हालै उक्त घटनाको छानबिन अगाडि बढाउन आदेश दिएपछि यादवको यस्तो प्रतिक्रिया आएको हो।

एक न्युज एजेन्सीसँगको कुराकानीमा यादवले सर्वोच्चको आदेशको सम्मान गर्ने बताउँदै यसअघि पनि विभिन्न सरकारी र अन्तर्राष्ट्रिय निकायहरूले घटनाको अनुसन्धान गरिसकेको उल्लेख गरे। ‘घटना भएको बेला सरकारले अनुसन्धान गरी न्यायिक जाँचबुझ, मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार आयोगले पनि छानबिन गरिसकेका थिए,’ उनले भने।

यस घटनालाई राजनीतिक मामिला भएको बताउँदै उनले आफू र आफ्नो पार्टी न्यायका पक्षमा रहेको र अदालतमाथि पूर्ण विश्वास रहेको बताए। ‘दोषी रिपोर्टमा जसले हमला गरेको छ, त्यसलाई देखाइएको छ,’ उनले भने।

२०६३ चैत ७ गते रौतहटको गौरस्थित राईसमिलको चौरमा मधेशी जनअधिकार फोरम र तत्कालीन माओवादीले एकै समयमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा माओवादीका २७ कार्यकर्ता मारिएका थिए। घटनाका घाइते त्रिभुवन साहले अनुसन्धानको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। सर्वोच्चले सोही निवेदनमाथि सुनुवाइ गर्दै छानबिनको आदेश दिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै