ट्रेन्डिङ

दुई दिनपछि खुल्यो हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडक, पहिरो पन्छाएपछि यात्रुलाई सहज

वीरगन्ज ।–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक खण्डमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि सवारी आवागमन पुनः सुरु भएको छ।

दुई दिनदेखि अवरुद्ध रहेको यो सडक खुलेपछि यात्रुहरूलाई ठूलो राहत मिलेको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा शनिबार बिहान सुक्खा पहिरो खसेका कारण उक्त सडक अवरुद्ध भएको थियो। सडक बन्द भएपछि काठमाडौँतर्फ जाने र आउने यात्रुहरूले सास्ती भोग्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, शनिबारदेखि नै पहिरो हटाउने काम निरन्तर भइरहेको थियो। दुई दिनको अथक प्रयासपछि डोजर र अन्य उपकरण प्रयोग गरी पहिरो पन्छाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

यो सडक छोटो दुरीमा हेटौँडालाई काठमाडौँसँग जोड्ने एक महत्त्वपूर्ण मार्ग हो। सडक खुलेसँगै अब यातायातका साधनहरू सहज रूपमा आउजाउ गर्न सक्नेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै