ट्रेन्डिङ

गौर हत्याकाण्ड प्रकरण : उपेन्द्र यादवमाथि अनुसन्धानको आदेशपछि कलैयामा प्रदर्शन

कलैया । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि पनि अनुसन्धान गर्न आदेश दिएको निर्णय सार्वजनिक भएपछि बाराको सदरमुकाम कलैयामा टायर बालेर नाराबाजी सहित विरोध प्रदर्शन भएको छ।

जसपा नेपालका कार्यकर्ताले बेलुकी कलैयाको भरत चौकमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सर्वोच्चको आदेशको विरोध गर्दै नारा लगाएका थिए।

प्रहरीले आन्दोलनलाई शान्तिपूर्ण रुपमा अघि बढाउन आग्रह गर्दै बलिरहेको टायर निभाउन आग्रह गरेको थियो। तर प्रदर्शनकारीले अस्वीकार गरेपछि केहीबेर प्रदर्शनकारी र प्रहरी बिच अवस्था तनावग्रस्त भएको थियो ।
झडपको अवस्था सिर्जना भए पनि ठूलो अप्रिय घटना भने नभएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै