काठमाण्डौँ । यस वर्षको दसैँमा नयाँ नोट साट्न नपाइने भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष दसैँमा नयाँ नोट साट्न नपाउने भएको हो ।
नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैङ्कबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दसैँमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैङ्कमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताए ।
यो वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको जनाए । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरूमा सुकिला नोटहरू प्रशस्त रहेको र राष्ट्र बैङ्कले व्यवस्थापन गर्नुपर्ने भएकाले दसैँमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गरिन् ।
राष्ट्र बैङ्कसँग तथा बैँकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला, चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने जानकारी दिइन् । उनले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दसैँको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताए ।
बजारमा प्रशस्तै पुराना नोट प्रयोगमा रहेको जनाएको छ । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपियाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।