ट्रेन्डिङ

सिरहाबाट लागुऔषधसहित एकजना पक्राउ

वीरगन्ज । सिरहाको नवराजपुरबाट १७ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।

भारततर्फ जाँदै गरेको अवस्थामा ५० वर्षीय शिवनाथ यादवलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झाँझपट्टी र सशस्त्र प्रहरी सुरक्षा बलको संयुक्त टोलीले यादवलाई नवराजपुर गाउँपालिका वडा नं. ५, कुसण्डीबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट सेतो प्लास्टिकको बोरामा लुकाएर राखिएको १७ किलो गाँजा बरामद भएको छ ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको छ । उनलाई लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै