ट्रेन्डिङ

मधेशवादी नेतासँग भारतीय विदेश सचिवको भेटवार्ता

फाइल तस्बिर

वीरगन्ज । भारतीय विदेश सचिव विक्रम मिश्रीले आफ्नो दुई दिने नेपाल भ्रमणको क्रममा विभिन्न राजनीतिक भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आएका भनिएका मिश्रीले सोमबार बिहान पशुपति दर्शन र नेपाली सेनाको जंगीअड्डाको भ्रमणपछि होटेलमै मधेशवादी दलका नेताहरूसँग अनौपचारिक भेटवार्ता गरेका छन् ।

यस भेटघाटलाई शिष्टाचारभन्दा बढी अर्थपूर्ण मानिएको छ । विशेषगरी, नेपालको आन्तरिक राजनीतिमा भारतको चासो निरन्तर रहेको यस घटनाले पुनः पुष्टि गरेको छ ।

आइतबार नै मिश्रीले प्रधानमन्त्री ओलीसहित राष्ट्रपति रामचन्द्र पौडेल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए ।

मिश्रीको दुई दिने नेपाल बसाइ आजै दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रमसँगै सकिँदै छ । उनको यो तीव्र र महत्त्वपूर्ण भेटघाटले नेपाल–भारत सम्बन्ध र नेपालको आन्तरिक राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै