सिमरा । नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा लोकतान्त्रिक महिला सञ्जाल बाराद्वारा तीज विशेष कार्यक्रम–२०८२ सोमबार सिमरामा सम्पन्न भएको छ।
‘नेतृत्वमा महिला, परिवर्तनमा गति’ भन्ने नारासहित आयोजित कार्यक्रममा महिलाहरूले सांस्कृतिक झल्किने तीज गीत, नृत्य र विविध प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी महिलाहरूले तीज पर्वलाई खुशी, एकता र सशक्तीकरणको अवसरका रूपमा मनाउँदै समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गरेका थिए।
सो अवसरमा बोल्ने वक्ताहरूले महिलाहरूको सहभागिता, सामाजिक चेतना र अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त अभियानका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै लोकतान्त्रिक महिला संजाल बाराको अध्यक्ष नेपाली काङ्ग्रेस को युवा नेत्री जीतपुर सिमरा उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार (प्रत्यासी) मेघा शाहीले तीजको विशेषता भनेकै धर्म–संस्कार, पारिवारिक समर्पण, दिदीबहिनीबीचको भेटघाट, नाचगानको रमाइलो र महिलाको आत्मबल–सशक्तीकरण भएको बताईन ।
नेत्री शाहिले सारा नारी शक्ति एकजुट भएर नेपाली समाजको अन्धबिश्वास चिर्न सकिने र नेपाली समाजमा शान्ती स्थायित्व कायम गराउन सकिने बताईन । नेपाली राजनितीमा महिलाहरुको अर्थपूर्ण सहभागिता सुनिस्चित गराउनु पनि मुख्य चुनौती रहेका बेला सबै दिदिबहिनी काधमा काध थापेर हुड्नुपर्नेमा जोड दिईन ।
अघिल्ला पुस्तामा धार्मिक र परम्परागत रूपमा मात्र सीमित भए पनि अहिले तीजलाई महिला सशक्तीकरण र अधिकारका मुद्दासँग पनि जोडिएको र यो नेपाली दिदिबहिनीका लागी राम्रो भएको बताईन । तीजका बेलामा महिलाहरू दिदीबहिनी भेला भई रमाइलो गर्छन्, मिठा–मसिनो खान्छन् भनेर केही केही सँकुचित मानसिकताका ब्यक्तिलाई व्यंग्य गर्दै उनले महिलाको त्याग र तपस्याका कथा पढ्न आग्रह गरिन ।
शाहिले विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने तथा अविवाहित युवतीहरूले मनपरीत वर पाउने कामना गर्दै शिव–पार्वतीको पूजा गर्छन् भन्दै यसको महत्व बुझन र नेपाली संस्कृति को संरक्षण गर्न यो कार्यक्रम आयोजन गरेको बताईन । कार्यक्रममा रास्ट्रीय कलाकार बिनिशा पौडेलले विभिन्न किसिमका साङ्केतिक प्रस्तुति दिएकी थिईन ।
लोकतान्त्रिक महिला संजाल बाराको अध्यक्ष नेपाली काङ्ग्रेस को युवा नेत्री शाहीको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य माननीय मिना लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि संविधान सभा सदस्य मधु शाही ठकुरी, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य निरु रायमाझी, मधेश प्रदेश सभा पूर्व सदस्य शोभा लामा, काङ्ग्रेस नेत्री राधा देवी साह, बिम्स्ला नेपाल, दुर्गा रिजाल, प्रतिभा पौडेल, लोकतान्त्रिक महिला संजाल बाराको उपाध्यक्ष बबिता जयस्वाल, कोषाध्यक्ष मुगलिसा खातुन, नारी शक्ति जीतपुरको अध्यक्ष आशा दहाल, शाना किसान सहकारी संस्थाको अध्यक्ष नयन कला खड्का, साकोस सहकारी संस्थाको अध्यक्ष मुना खरेल, सहित ३ सय बढी महिला दिदिबहिनीको उपस्थिति रहेको थियो ।
कार्यक्रम बिहान १० बजे देखि सुरु भई स्थानीय महिलाको उपस्थितिसहित रोयल पार्टी प्यालेस, सिमरा–२ मा सम्पन्न भएको थियो। लोकतान्त्रिक महिला सन्जाल बाराकी उपाध्यक्ष बबिता जयस्वालले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव प्रीयंका दासले गरेकी थिईन ।