ट्रेन्डिङ

स्वास्थ्य मन्त्रालयद्वारा नयाँ मापदण्ड जारीः अब IVF सेवामा कडाइ, डिम्ब दान ६, वीर्य दान १० पटक मात्र

वीरगन्ज । सरकारले डिम्ब (अण्डा) र वीर्यको अवैध बेचबिखन तथा दुरुपयोग रोक्नका लागि ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ स्वीकृत गरेको छ।

यो मापदण्डले निःसन्तान उपचार (IVF)  सेवालाई नियमन गर्दै यसलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ। नयाँ मापदण्डअनुसार, डिम्ब दान गर्ने महिलाको उमेर २० देखि ३५ वर्ष हुनुपर्नेछ र एक महिलाले जीवनमा ६ पटकभन्दा बढी डिम्ब दान गर्न पाउने छैनन्। हरेक दानबीच कम्तीमा तीन महिनाको अन्तर हुनुपर्नेछ। विवाहित महिलाको हकमा श्रीमान्श्री-मती दुवैको सहमति अनिवार्य गरिएको छ।

त्यसैगरी, वीर्य दानका लागि पनि नियम बनाइएको छ। एक पुरुषले १५ दिनको फरकमा अधिकतम १० पटकसम्म मात्र वीर्य दान गर्न पाउनेछन्। वीर्यदाताको उमेर पनि २० देखि ३५ वर्ष तोकिएको छ।

मापदण्डले डोनेसन प्रक्रियामा कुनै पनि व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर वा जबर्जस्ती दान गराउन नपाइने व्यवस्था गरेको छ। साथै, डोनरको परिचय गोप्य राखिनेछ र सेवा प्रदायक संस्थाले सबै रेकर्ड सुरक्षित राख्नुपर्नेछ।

यी सेवाहरू प्रदान गर्ने संस्थाहरूले अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्नेछ र मापदण्ड पूरा नगर्ने संस्थाको सेवा बन्द गरिने प्रावधान पनि राखिएको छ। मन्त्रालयले सेवाको शुल्क निर्धारण गर्नेछ र प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै