जनकपुरधाम । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधि कानून ल्याउन अहिलेको सरकार उद्धत रहेको टिप्पणी गरेकी छन् ।
जनकपुरधाममा आइतबार संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेकी उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साध्ने, जनविरोधि भूमि सम्बन्धी कानून ल्याउने लगायतका गतिविधिले गर्दा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउनतर्फ सरकार उद्धत रहेको बताइन् ।
संघीय कार्यान्वयका लागि निकै महत्वपूर्ण मानिएको निजामति ऐन कानूनमा कुलिङ पिरियडको बेलामा कानुनमाथि छेडखानी गर्ने, संघीयता कार्यान्वयनका अर्का एक महत्वपूर्ण शिक्षा विधेयक अड्काएर राख्नु नै संविधानको मुल मर्म विपरित कानून ल्याउन सरकार अग्रसर रहेको टिप्पणी गरिन् ।
उपाध्यक्ष भुसालले भनिन्, ‘सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साध्ने, जनविरोधि कानूनहरु ल्याउने, भूमि सम्बन्धी कानुन, संघीय कार्यान्वयका लागि बनेकोनिजामति ऐन कानुनमा कुलिङ पिरियडको बेलामा कानूनमाथि छेडखानी गर्ने, संघीयता कार्यान्वयनका अर्का एक महत्वपूर्ण शिक्षा विधेयक अड्काएको अड्काइ छ । संविधानको मुल मर्म विपरित कानुन बनाउने, समावेशी लोकतन्त्रलाई कमजोर बनाउने तर्फ सरकार उद्धत रहेको देखिन्छ ।’
उपाध्यक्ष भुसालले नेकपा एकीकृत समाजवादी, विप्लव नेकपा, महेन्द्र राय यादवको जनता समाजवादी पार्टीलगायतका दलहरुसँग सकारात्मक वार्ता चलिराखेको बताइन् । एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकताको हात अघि बढाइएको उनको भनाइ छ ।
आइतबार धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा शहीद चन्देश्वर मण्डलको २० औँ स्मृति सभामा सम्बोधन गर्ने र भोली सोमबार गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा हुन लागेको शहीद रामवृक्ष यादवको ३१ औँ स्मृति सभामा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।