Close This

ट्रेन्डिङ

गढीमाई मेलालाई भव्य बनाउन एक सय ११ सदस्यीय समिति गठन

बारा । बाराको बरियारपुरस्थित गढीमाई मेला सञ्चालन गर्न समिति गठन गरिएको छ । पञ्चवर्षीय मेलालाई सभ्य तथा भव्य रुपले सम्पन्न गराउन समिति गठन गरिएको हो ।

आगामी मङ्सिरमा लाग्ने मेलालाई भव्य रुपले सम्पन्न गराउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षहरूमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो रहेका छन् ।

यसैगरी महासचिवहरूमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता, सचिवहरूमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया नियुक्त भएका छन् ।

समितिको सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि, १६ वटा पालिकाका प्रमुख र उपप्रमुख छन् ।

गढीमाई मेलामा एसिया महादेशका अधिकांश ठाउँबाट मेला भर्न लाखौाको सङख्यामा भक्तजनहरु आउने गर्दछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै