ट्रेन्डिङ

राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यकारिणी बैठक सुरु, मातृभाषामा शपथ ग्रहण

वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ।

यो बैठक आगामी चार–पाँच दिनसम्म चल्ने पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

बैठकको सुरुवातमै पार्टी अध्यक्ष राजेन्द्र महतोले ३० जना केन्द्रीय पदाधिकारी र चार जना केन्द्रीय निकाय प्रमुखहरूलाई आ–आफ्नो मातृभाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। शपथ ग्रहण कार्यक्रममा पदाधिकारीहरूले नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बू, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधी, खस, उर्दु, राजवंशी लगायतका विभिन्न भाषा प्रयोग गरेका थिए। उनीहरू आ–आफ्नो जातीय भेषभूषामा उपस्थित भएका थिए।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका निर्णयहरूको कार्यान्वयनको समीक्षा, संगठन विस्तार र जिम्मेवारी निर्धारण लगायतका महत्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुनेछ। यसका साथै, विचार मिल्ने अन्य पार्टीहरूसँग कार्यगत एकता वा मोर्चाबन्दी गर्ने, पार्टीको आन्तरिक संरचना र बहुलराष्ट्रवादको सम्बन्धबारे कार्यविधि बनाउने र प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जस्ता विषयहरू पनि एजेन्डामा राखिएको नेता झाले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै