ट्रेन्डिङ

पत्रकारिताको आवरणमा बार्गेनिङ : ‘पत्रकार’ अभिमन्यु पटेलमाथि ३ लाख रुपैयाँ मागेको आरोप

वीरगन्ज । चन्द्रपुर नगरपालिका कार्यालयका शाखा अधिकृत मिश्रीलाल साहले आफूलाई पत्रकार भन्ने अभिमन्यु पटेलले तीन लाख रुपैयाँ मागेको र रकम नदिएपछि चरित्रहत्यामा उत्रिएको आरोप लगाएका छन्।

साहका अनुसार, पटेलले सामाजिक सञ्जालमार्फत उनको र उनको परिवारको बदनामी गर्ने प्रयास गरिरहेका छन्।

प्राप्त फेसबुक मेसेन्जरको स्क्रिनसटमा पटेलले साहलाई स्पष्ट रूपमा ‘केही खर्च ३ लाख छोडेर जानु’ भनेको देखिन्छ। सोही च्याटमा पटेलले साहलाई पटकपटक भेट्न खोजेको र भेट नभएपछि निराश भएको कुरा पनि उल्लेख गरेका छन्। साहले आफूसँग ३ लाख रुपैयाँ दिने हैसियत नभएको र बिना गल्ती रकम दिन नसक्ने बताएका छन्। उनले आफ्नी श्रीमती र ससुराली पक्षसँग मिलेर पटेलले आफूलाई रकमका लागि दबाब दिइरहेको दाबी गरेका छन्।

साहले पटेलको यो कार्यलाई पत्रकारिताको नाममा गरिने गैरकानुनी बार्गेनिङ भन्दै यसका विरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। स्थानीय सरोकारवालाहरूले पनि पटेल विगतदेखि नै विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। उनीमाथि मुस्लिम समुदायमाथि आपत्तिजनक टिप्पणी गर्ने, प्रमाणबिनाका आरोप लगाउने र आफ्नो स्वार्थ पूरा नभए धम्कीपूर्ण सामग्रीहरू सार्वजनिक गर्ने गरेको आरोप पनि छ।

यस घटनालाई लिएर स्थानीय बासिन्दाले नेपाल पत्रकार महासंघ र पत्रकार समाजलाई यस्ता गैरकानुनी गतिविधि गर्ने व्यक्तिहरूमाथि कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै