वीरगन्ज । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
आज कांग्रेसको भागमा परेका पाँच मन्त्रालयका मन्त्रीहरूको नियुक्तिसँगै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो। नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद् सदस्य र कार्यविभाजन
इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मधुसूदन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
शिवराज अधिकारी – आन्तरिक मामिला तथा कानून मन्त्रालय
किरण थापामगर – स्वास्थ्य मन्त्रालय
उर्मिला नेपाल – युवा तथा खेलकुद मन्त्रालय
कन्चन चन्द्र वादे – सामाजिक विकास मन्त्रालय
डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्रालय
भरतबहादुर के.सी. – वन तथा वातावरण मन्त्रालय
सुरेश श्रेष्ठ – संस्कृति तथा पर्यटन मन्त्रालय
जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय
कृष्णकुमार तामाङ – खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
विन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
विनु रायमाझी पौडेल – सहकारी तथा गरिबी निवारण मन्त्रालय
कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सिफारिस गरेका तीन जना भने मन्त्रीको सूचीमा अटाएनन्। यो निर्णयसँगै कांग्रेसभित्र मन्त्री छनोटमा आन्तरिक असन्तुष्टि देखिन सक्ने अनुमान गरिएको छ। यसअघि नै नेकपा एमालेबाट ६ जना मन्त्री नियुक्त भइसकेका थिए। साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिइसकेका छन् ।