ट्रेन्डिङ

मधेश प्रदेशमा आन्तरिक राजस्व संकलनमा ऐतिहासिक वृद्धि

जनकपुरधाम। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व संकलनमा ऐतिहासिक सफलता हासिल गरेको छ।

यो वर्ष प्रदेश सरकारले ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन विगतका वर्षहरूको तुलनामा अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रदेशको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले यो सफलतालाई प्रदेशको वित्तीय व्यवस्थापनमा आएको सुधारको महत्त्वपूर्ण सूचकका रूपमा लिन सकिने बताएका छन्। उनका अनुसार, राजस्व संकलनमा भएको यो उल्लेख्य प्रगतिको पछाडि केही मुख्य कारणहरू छन्। यसमा कर प्रशासनलाई सुदृढ बनाउनु, राजस्व चुहावटलाई नियन्त्रण गर्नु, डिजिटल प्रणालीको प्रयोगलाई विस्तार गर्नु र आन्तरिक आर्थिक गतिविधिहरूलाई बढावा दिनु जस्ता प्रयासहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

सचिव महतोका अनुसार, यस वर्षको राजस्व संकलन विगत सात वर्षअघिको भन्दा दोब्बरभन्दा बढी हो। यसले सरकारको राजस्व नीति र कार्यान्वयन प्रभावकारी भएको देखाउँछ।

आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ६६ करोड १५ लाख ३६ हजार रुपैयाँ संकलन भएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ९० करोड २५ लाख २८ हजार र आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ संकलन भएको थियो।

यसरी, विगतका वर्षहरूको तुलनामा यस वर्ष भएको वृद्धिले मधेश प्रदेशलाई आफ्नो आर्थिक आत्मनिर्भरताको बाटोमा अगाडि बढाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै