ट्रेन्डिङ

जनकपुरका वडाध्यक्ष र सचिवमाथि घुस लिएको आरोपमा मुद्दा दर्ता

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार वडाध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहुतेलीमाथि घुस लिएको आरोप मुद्दा दर्ता गरेको हो ।

अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियारले सहनी र तेलीसहित विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउदै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै