ट्रेन्डिङ

सांसद रामहरि खतिवडाले दिए राजीनामा, सभामुखलाई बुझाए पत्र

वीरगन्ज। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अन्ततः राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।

उनले आज सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन्।

निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा हेरफेर भएको विषयमा छानबिन गर्न गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन्। हिजो संसद्को बैठकमा उनले राजीनामा दिने घोषणा गरेका थिए।

सभामुख घिमिरेलाई राजीनामा पत्र बुझाउँदा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि साक्षीका रूपमा उपस्थित थिए।

हिजो संसदमा खतिवडाले भनेका थिए, ‘प्रतिवेदनमा ‘जिम्मेवारी’ भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हाँसी–हाँसी राजीनामा दिएको घोषणा गर्दछु।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै