ट्रेन्डिङ

श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित : सरकारद्वारा ‘व्यवसायजन्य रोग’ लाई कानुनी मान्यता

वीरगन्ज । सरकारले कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ का रूपमा कानुनी मान्यता दिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यस्ता रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेसँगै लाखौँ श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित हुने भएको छ।

यो निर्णयले कार्यस्थलको धुलो, रसायन, कोलाहल र कामका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई अब व्यक्तिगत नभई कानुनी रूपमा सम्बोधन गर्ने बाटो खुलेको छ। यसले रोजगारदातालाई आफ्नो कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ।

सरकारले आठ फरक–फरक श्रेणीमा व्यवसायजन्य रोगहरूलाई वर्गीकरण गरेको छ। यसमा मुख्यतया :

रासायनिक एजेन्टहरूबाट हुने रोग : सिसा, पारा, बेन्जिन, क्लोरीनजस्ता रसायनको सम्पर्कबाट हुने रोग।

भौतिक एजेन्टबाट हुने रोग : चर्को आवाजका कारण श्रवण शक्तिमा ह्रास, विकिरण र अत्यधिक तापक्रमको असर।

जैविक तत्वबाट हुने संक्रामक रोग : हेपाटाइटिस बीरसी, एचआईभी, क्षयरोगजस्ता संक्रामक रोगहरू।

श्वासप्रश्वास प्रणालीका रोग : निमोकोनियोसिस, साइडरोसिसजस्ता फोक्सोका रोगहरू।

छाला र हाडजोर्नीका रोग : रसायनको एलर्जीबाट हुने डर्माटाइटिस, कार्पल टनेल सिन्ड्रोमजस्ता हाडजोर्नीका समस्याहरू।

मानसिक तथा व्यवहारिक रोग : कामको सिलसिलामा दुर्घटना वा हिंसाबाट हुने आघातपछिको तनाव ९एत्क्म्० ।

व्यवसायजन्य क्यान्सर : एस्बेस्टोस, कोइला टारजस्ता तत्वको सम्पर्कबाट हुने क्यान्सर।

श्रम ऐन २०७४ को व्यवस्थाअनुसार, यदि कुनै श्रमिकलाई व्यवसायजन्य रोग लागेमा रोजगारदाताले उपचार खर्च र आवश्यक परेमा क्षतिपूर्ति रकम पनि दिनुपर्नेछ। यो निर्णयले श्रमिकहरूलाई कामको दौरान हुने स्वास्थ्य जोखिमबाट सुरक्षा प्रदान गर्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै