ट्रेन्डिङ

पर्सा ठोरीको ढेँडु खोलामा डुबेर गयो एकै परिवारका दुइ सन्तानको ज्यान

वीरगन्ज । ढेँडु खोलामा डुबेर पर्सामा एकै परिवारका दुइ नाबालक छोराहरुको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ठोरी गाउँपालिका वडा नम्बर २ बस्ने मनोज कठायतको छोराहरु ८ वर्षका अंश कठायत र ४ वर्षका आयांस कठायत रहेका पर्सा प्रहरीले जनाएको छ । 

उनीहरुको मंगलबार बिहान स्थानीय ढेँडु खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको डिएसपी किशोर लम्सालले जनाए । 

उनका अनुसार स्थानीयले नाबालकहरुको शव पानीमाथि तैरिरहेको देखेपछि उद्दार गरी स्वास्थ्य चौकी ठोरीमा चेकजाँचका लागि पुर्याए । सोही क्रममा चिकित्सकले मृत घोषित गरेका डिएसपी लम्सालले बताए । 

घटनाको जानकारी पाएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय ठोरी तथा जिल्ला प्रहरी कार्यालय पर्सासहितको प्रहरीको संयुक्त टोलीले घटनास्थलको जाँच मुचुल्का गरेको छ । 

मृतक नाबालकहरुको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनायो । 

 

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै