ट्रेन्डिङ

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकीका एक कर्मचारीलाई घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गाको नयाँ पूर्जा बनाउनका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेको आरोपमा कार्यालय सहयोगी एकेन्द्र कुँवर सोमबार पक्राउ परेका हुन्।

अख्तियारको टोलीले कुँवरलाई कलङ्कीस्थित नापी कार्यालयकै परिसरबाट नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, उनी घुस रकम लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेका थिए।

यस प्रकरणमा कार्यालयका प्रमुख र सर्भेक्षकको पनि संलग्नता रहेको आशङ्का गर्दै उनीहरूको मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ। अख्तियारले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै