ट्रेन्डिङ

अलजजिराका ६ पत्रकारको इजरायली हमलामा मृत्यु

वीरगन्ज । इजरायलले गाजामा गरेको हमलामा कतारी समाचार संस्था अलजजिराका ६ जना पत्रकार र सहकर्मीको मृत्यु भएको छ।

इजरायली सेनाले हमास सेलको नेतृत्व गरेको आरोप लगाउँदै रिपोर्टर अनस अल शरीफलाई निशाना बनाएको बताएको छ।

आफ्ना पत्रकारहरूको हत्यापछि अलजजिराले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरूमध्ये एक अनस अल शरीफ र उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो।’ अलजजिराले यस घटनामा आफ्ना ६ जना सहकर्मीसहित कुल सात जनाको मृत्यु भएको पुष्टि गरेको छ।

यसैबीच, बीबीसीले पनि घटनाको रिपोर्टिङ गर्दै ५ जना पत्रकारको मृत्यु भएको उल्लेख गरेको छ। बीबीसीका अनुसार मारिने पत्रकारहरूमा संवाददाताहरू अनस अल शरीफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवा रहेका छन्।

इजरायलले युद्धको रिपोर्टिङ गरिरहेका पत्रकारहरूलाई निशाना बनाएको यो पहिलो घटना होइन। यस्ता घटनाले पत्रकारिताको स्वतन्त्रता र सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। अलजजिराले यो आक्रमणलाई पत्रकारहरूको आवाज दबाउने उद्देश्यले गरिएको बताएको छ। युद्धग्रस्त क्षेत्रमा समाचार संकलन गर्ने क्रममा पत्रकारहरूको सुरक्षा चिन्ताको विषय बनेको छ।

यस घटनाले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ भने पत्रकारिताको सुरक्षा र युद्ध अपराधको छानबिनका लागि दबाब बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै