ट्रेन्डिङ

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

वीरगन्ज । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइएको शवबाट मासु र हड्डी निकालेको गम्भीर आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार, पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राह्मण हुन्। उनीमाथि काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आरोप लागेको छ।

मृतकका आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता कुलदीप चन्दले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। यद्यपि, आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि यसको खरिदकर्ता को हो वा कतिमा बेचियो भन्नेबारे कुनै प्रमाण नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, अहिले नै आरोप पुष्टि हुने खालका ठोस प्रमाणहरू फेला परेका छैनन् र घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै