ट्रेन्डिङ

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको समापन, आमा र शिशुको सम्मान

वीरगन्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विश्व स्तनपान सप्ताह २०८२ लाई भव्य कार्यक्रमका साथ समापन गरेको छ।

यस अवसरमा बाल रोग विभागको नयाँ वार्डको उद्घाटन, आमाहरू र शिशुहरूको सम्मान र स्तनपानसम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणमा मातृत्वको सम्मान गर्दै शिशुसहित उपस्थित आमाहरूलाई स्मृतिचिह्न र तस्बिर प्रदान गरियो। यसले आमाहरूलाई विशेष महसुस गराउनुका साथै स्तनपानको महत्त्वलाई जोड दिएको छ।

साथै, उपस्थित आमाहरू र स्वास्थ्यकर्मीहरूलाई स्तनपानको फाइदा र सही तरिकाबारे जानकारी दिने गरी स्वास्थ्य शिक्षा सत्रहरू पनि सञ्चालन गरिएका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका शैक्षिक कार्यक्रमले जनमानसमा स्तनपानबारे चेतना फैलाउन सहयोग पुर्‍याएको छ।

कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन, अस्पताल निर्देशक डा. ईसरत जहान अन्सारीलगायत विभिन्न विभागका प्रमुख र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमले स्वस्थ शिशुको विकासका लागि स्तनपानको महत्त्वलाई पुनः पुष्टि गर्दै मातृत्वको सम्मान गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै