ट्रेन्डिङ

जगरनाथपुर र नेशनल मेडिकल कलेजबीच सम्झौता, गाउँपालिका बासिन्दालाई उपचारमा भारी छुट

वीरगन्ज । जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न वीरगन्जको नेशनल मेडिकल कलेजसँग महत्त्वपूर्ण सम्झौता गरेको छ।

यस सम्झौताअनुसार, अब गाउँपालिकाका बासिन्दाले अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा उल्लेख्य छुट पाउने भएका छन्। बुधबार भएको सम्झौतापत्रमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन्। यो सम्झौताले विशेष गरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत दिने विश्वास गरिएको छ।

सम्झौताअनुसार, नेशनल मेडिकल कलेजले ओपीडी टिकटमा २५ प्रतिशत, सामान्य बेड चार्जमा १५ प्रतिशत, आईसीयू र भेन्टिलेटर सेवाहरूमा १६ प्रतिशत, र शल्यक्रियामा ८ प्रतिशत छुट दिनेछ। यसैगरी, प्याथोलोजी परीक्षणमा १० प्रतिशत र विभिन्न प्रकारका एक्स–रे, ईसीजी तथा सीटी स्क्यान जस्ता डायग्नोस्टिक सेवामा ७ प्रतिशत छुटको व्यवस्था गरिएको छ। फार्मेसी सेवामा ओपीडीका लागि १० प्रतिशत र आईपीडीका लागि १५ प्रतिशत छुट पाइनेछ। दन्त सेवामा पनि ७ प्रतिशत छुटको प्रावधान छ।

गाउँपालिकाका अध्यक्ष यादवले यो कदमले गाउँपालिकावासीका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्ने बताएका छन्। उनले यस प्रकारको सहकार्यले नागरिकको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै