वीरगन्ज । संघीय निजामती विधेयकमा भएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादको छानबिन गर्न गठित संसदीय समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
समिति संयोजक जीवन परियारले आज सभामुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकको प्रतिवेदनमाथि थप छानबिन गर्न यो समिति बनाएको थियो। ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको त्रुटि र त्यसको कारण पत्ता लगाउन समितिलाई २९ दिनको समय दिइएको थियो।
यस अवधिमा समितिले ३७ वटा बैठक आयोजना गरी सरोकारवाला पक्षहरूसँग छलफल गरेको थियो। प्रतिवेदनले विधेयकको मूल मस्यौदामा ‘कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको परिवर्तन र त्यसको जिम्मेवारीबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ।