सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अगामी नेतृत्वको लागि सोमबार भएको मतदानको मतगणना सम्पन्न भएको छ।
मत परिणाम अनुसार अध्यक्षमा केदार प्रसाद यादव पुनः विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतान्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् । केदारले २ सय ३५ मत ल्याएर बिजयी भएका हुन भने निकटतम प्रतिद्वन्दी उमेशले २ सय ५ मत मात्र प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव निर्वाचित भएका छन् । उनीहरुले क्रमश २ सय ३५ मत र २ सय २६ मत प्राप्त गरि विजयी भएका छन् भने राजेश्वर प्रसाद रायले १ सय ८५ र उषा कुमारी साहले १ सय ७४ मत प्राप्त गरे ।
त्यसैगरी गरी सचिवमा निरज कुमार झा (निरज मुक्ती) २ सय ३१ मत ल्याएर बिजयी भए भने शम्भु कुमार यादवले २ सय ३० प्राप्त गरे । यादव १ मतले पराजित भएका छन् ।
उपसचिव पदमा रामेश्वर कौगडिया यादव २ सय ३५ र रिता कुमारी चौधरीले २ सय ३४ मत प्राप्त गरि बिजयी भएका छन् भने राहुल मण्डल २ सय २३ मत र दाउद हुसेनले १ सय ७३ मत प्राप्त गरेका छन् । निर्वाचनमा कोषाध्यक्ष पदमा अमरेन्द्र कुमार यादव (अरविन्द) २ सय ३५ ल्याई बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी अभिनय यादव (निकु) २ सय १० मत प्राप्त गरे ।
निर्वाचित ७ जना पदाधिकारी मध्ये उपाध्यक्ष हरेराम यादव र सचिव निरज कुमार झा बाहेक अन्य ५ जना केदार प्यानलका हुन् । पदाधिकारीहरुको मतगणना मात्र सकिएको र खुल्ला र समावेशशी सदस्य पदका उम्मेदवारहरुको मतगणना जारी रहेको अध्यक्ष मण्डलले जानकारी गराए ।