ट्रेन्डिङ

हलेसी मन्दिर दर्शन गरी सिरहा फर्किरहेको माइक्रोबस दुर्घटना, एकको मृत्यु र १४ जना घाइते

जनकपुरधाम । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ फर्किरहेको एउटा यात्रुबाहक माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गतको जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परेका यात्रुहरू बोलबम मेला भरेर फर्किएका दर्शनार्थी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। यस्तै, अन्य ६ जनाको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

माइक्रोबसमा चालकसहित १६ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै