ट्रेन्डिङ

कलैया अस्पतालका अध्यक्षसँग आशिका तामाङको आक्रोशः ‘यो एक्टिङ होइन, बिरामीको जीवनको सवाल हो’

वीरगन्ज । बाराको कलैया प्रादेशिक अस्पतालमा सरसफाइको चरम अभाव र अव्यवस्थाबारे सामाजिक अभियन्ता आशिका तामाङले अस्पतालका अध्यक्ष प्रकाश चौगाइसँग चर्को जवाफ मागेकी छिन्।

हालै सार्वजनिक भएको एक भिडियोमा अभियन्ता तामाङले अस्पतालको दयनीय अवस्था र आधारभूत सुविधाको अभावलाई औंल्याउँदै अध्यक्ष चौगाइलाई घेरा हालेर प्रश्न गरेको देखिन्छ। उनले अस्पतालका शौचालयहरू अत्यन्तै फोहोरी र दुर्गन्धित भएको, धारामा पानी नआउने गरेको तथा जताततै फोहोर र ‘हर्याङ हर्याङ’ (फोहोरका कणहरू) झरेको भन्दै गुनासो गरिन्।

भिडियोमा देखिए अनुसार, अभियन्ता तामाङले अध्यक्ष चौगाईलाई अस्पतालका धाराबाट पानी नआउने र जताततै फोहोरका कणहरू झरेको भन्दै चुनौती दिएकी थिइन्। अध्यक्षले सुरुमा ‘ठिक छ सहि कुरो हो’ भन्दै समस्या स्वीकार गरेका थिए। शौचालयको अवस्था झन् दयनीय रहेको, अत्यधिक दुर्गन्धित छ भन्दै उनले अध्यक्षलाई प्रश्न गरिन्।

अभियन्ता तामाङले अध्यक्ष चौगाईलाई ‘भत्ता मात्रै पचाएर बस्छ’ र ‘पैसा मात्रै खान्छ’ भन्दै आफ्नो कर्तव्य पूरा नगरेको आरोप लगाइन्। उनले अध्यक्षको काम के हो भनी सोधेकी थिइन्

अभियन्ता तामाङले अध्यक्षलाई यस्तो दयनीय अवस्थामा अस्पतालको शौचालय प्रयोग गर्नुपर्दा उनी आफैँ कहाँ जान्छन् भनी सोधेकी थिइन् । उनले आँफूमाथिको शौचालयमा जाने गरेको बताए । आक्रोशत हुँदै तामाङले यहाँको शौचालय चाही कसले हेर्ने भन्दै उनी बान्ता(वाकवाकी) आएजस्तो गरिन् । त्यसपछि अध्यक्ष चौगाई त्यहाँबाट बाहिरिए, तामाङ उनको पछिपछि लागिन् ।

महिला शौचालयको अवस्था हेर्न आग्रह गर्दा अध्यक्षले ‘त्यो लेडिज टवाइलेट हो’ भन्दै पन्छिन खोजेपछि तामाङले ‘अनि तपाईले त्यहाको व्यवस्थापन गर्नु परेन’ भन्दै कडा प्रतिवाद गरेकी थिइन्।

जवाफमा, अध्यक्ष चौगाइले सरसफाइको जिम्मा आफ्नो नभई सुपरभाइजरलगायत सम्बन्धित व्यक्तिहरूको भएको दाबी गर्दै पन्छिने प्रयास गरे। उनले प्रश्न गर्ने अभियन्तालाई बारम्बार ‘एक्टिङ’ (अभिनय) गरेको आरोप लगाए ।
अभियन्ता तामाङले ‘कतिलाई रोग लाग्छ, कति जना मरिराको छ यहाँ, यो एक्टिङ हो ?’ उनले व्यापक फोहोर र दुर्गन्धले बिरामीहरूलाई रोग लाग्ने तथा मृत्युसमेत हुन सक्ने भन्दै गम्भीर प्रश्न उठाइन्।

उनले अध्यक्षलाई गुनासो मात्र सुनेर नबस्न, बरु ‘काम गरेर देखाउनुस्’ भन्दै तत्काल सुधारको माग गरिन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै