वीरगन्ज । आइतबार नेपाली बजारमा सुनको भाउमा ठूलो उछाल आएको छ।
एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले वृद्धि हुँदै सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो मूल्य पछिल्लो रेकर्डको नजिक पुगेको हो। यसअघि गत वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला २ हजार २ सय ३५ रुपैयाँ थियो।