ट्रेन्डिङ

प्रतीक दैनिकको वार्षिकोत्सवमा तीन पत्रकार सम्मानित हुने

वीरगन्ज । प्रतीक दैनिकले आफ्नो आगामी वार्षिकोत्सवका अवसरमा तीन जना पत्रकारलाई सम्मान गर्ने भएको छ।

भदौ १ गते हुने विशेष कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका तीन स्रष्टालाई पुरस्कार प्रदान गरिनेछ।

प्रतीक दैनिकका अनुसार, यस वर्ष ‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोस्ट दैनिकका पर्सा संवाददाता तथा मधेश खबरका सञ्चालक क्रान्ति शाहलाई प्रदान गरिने भएको छ।

त्यसैगरी, ‘उत्कृष्ट स्तम्भकार पुरस्कार’ नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्षसमेत रहेका ओम प्रकाश खनाललाई दिइनेछ। उनी अभियान दैनिकमा कार्यरत छन्।

यस वर्षको ‘उत्कृष्ट संवाददाता पुरस्कार’ भने पत्रकार प्रमोद यादवलाई प्रदान गरिनेछ।

प्रतीक दैनिकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। पुरस्कार वितरण समारोह भदौ १ गते आयोजना हुनेछ, जसमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै