ट्रेन्डिङ

चन्द्रपुरमा मानव अधिकार एलायन्सको नगर कमिटी गठन

रौतहट। मानव अधिकार एलायन्स रौतहटले चन्द्रपुर नगरपालिकामा आफ्नो नगर कमिटी गठन गरेको छ। आत्माराम ठाडाको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन भएको हो।

कमिटीको सचिवमा अजयनाथ अधिकारी र कोषाध्यक्षमा सीतामाया मोक्तान रहेका छन्। यसैगरी, सदस्यहरूमा प्रेम बहादुर रुम्बा, जनक श्रेष्ठ, बिमला गोले, देवप्रसाद दाहाल र प्रेमशंकर मिश्रलाई चयन गरिएको छ।

नवगठित कमिटीका पदाधिकारीहरूलाई मानव अधिकार एलायन्सका मधेश प्रदेश अध्यक्ष अनिल तिवारीले शपथ ग्रहण गराए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष तिवारीले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशकै अग्रणी संस्थाको रूपमा एलायन्सलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

मानव अधिकार एलायन्सका रौतहट जिल्ला अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश सचिवालय सदस्य एवं चन्द्रपुर नगर इन्चार्ज वीरबहादुर गोले, मदन भण्डारी फाउन्डेसनका रौतहट जिल्ला इन्चार्ज अमरबहादुर आले र नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य लोकनाथ पहाडी लगायतको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य रामबहादुर घलानले दिएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै