ट्रेन्डिङ

‘सुखी र निरोगी नेपाल’ बनाउने अभियानमा सरकार : प्रधानमन्त्री ओली

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने बाटोमा सरकार अघि बढिरहेको बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित बाग्मती प्रदेश पूर्ण खोप घोषणा तथा डिजिटल हेल्थ प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समृद्धि भनेको आधुनिक नेपाल भएको बताए । ‘हामी यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ, यो भन्दा ठुलो र पवित्र अर्को उद्देश्य हुन सक्दैन’, उनले भने ।

स्वास्थ्य क्षेत्रमा निरोगी नेपाल बनाउने लक्ष सरकारले लिएको उनले बताए । ‘जहाँ कुनै प्रकारको विषादी कसैले खानु नपरोस्, पौष्टिक चिज नेपाली जनताले खान पाउन्, कसैलाई पनि रोग नलागोस्, निरोगी नेपाल बनोस्’, उनले भने ।

नेपाललाई स्वच्छ र स्वास्थ्य राख्न सकिने उनले बताए । ढल खोलामा मिसाएर सफाइ अभियान चलाएर सार्थक नहुने उनको भनाइ छ । बिरामी भएपछि अस्पताल जाने भन्दा अस्पताल नै जानु नपर्ने निरोगी नेपाल बनाउने अभियान चलाउनु पर्ने उनले बताए । तथापि रोग लाग्यो भने अस्पताल र डाक्टर चाहिने भन्दै उनले सरकारले त्यसको पनि तयारी गरिरहेको बताए ।

ओलीले माथिल्लो वहदामा बस्नेहरू तलबको लागि लड्ने भए पनि स्वयंसेवीहरू सेवामा समर्पित हुने बताए । सामुदायिक स्वास्थ्य स्वयम्सेवीकाको योगदानको ओलीले खुलेर प्रशंसा गरे । उनले स्वास्थ्य रहन पाउनु नेपाली नागरिकको मौलिक हक भएको बताए । त्यसैले यसमा राज्यका सबै निकाय जिम्मेवार हुनु पर्नेमा ओलीले जोड दिए ।

नेपाल अर्को वर्ष विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको बताउँदै ओलीले यस्तै कामले देशलाई स्तरोन्नतिमा सहयोग गर्ने बताए । दिगो विकास गन्तव्यको लागि पनि यस्ता कामले सहयोग गर्ने ओलीको धारणा छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै